मतदाता नामावलीमा नाम दर्ता गर्ने समय पाँच दिन थप



मतदाता नामावलीमा नाम दर्ता गर्न इच्छुकको चाप अत्यधिक बढेपछि निर्वाचन आयोगले समय पाँच दिन थप गर्दै मंसिर ५ गतेसम्म कायम गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको आग्रहपछि आयोगले ३० कात्तिकसम्मको समय बढाइदिएको हो।

अत्यधिक भीडका कारण आयोगको सर्भर पटक–पटक डाउन हुने अवस्था आएपछि दर्ता हुन चाहनेहरूको गुनासो बढेको थियो। प्रधानमन्त्री कार्कीको पहलमा मतदाता परिचयपत्र प्रणाली राष्ट्रिय परिचयपत्रको तथ्यांकसँग जोडिएपछि दर्ता प्रक्रिया झन् सरल बनेको छ।

अब अनलाइन फारम भर्दा राष्ट्रिय परिचयपत्र नम्बर प्रविष्ट गरेपछि व्यक्तिगत विवरण तथा जैविक तथ्यांक स्वतः आउने व्यवस्था लागू भएको छ, जससँगै कार्यालय पुगेर बायोमेट्रिक दिनुपर्ने झन्झट समाप्त भएको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्