राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति भएको प्रदेश सभा सदस्य खत्रीको दावी



लुम्बिनी प्रदेश सभा सदस्य रत्नबहादुर खत्री ले सर्वोच्च अदालतका प्रधानन्यायाधीश डाक्टर मनोज शर्माको नियुक्ति राजनीतिक कनेक्सन र सेटिङका आधारमा भएको दावी गर्नु भएको छ ।

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनकाे दाेस्राे बैठकलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका खत्रीले विगतदेखि नै राजनीतिक पहुँच र सेटिङ मिलाउन सिपालु शर्मा यसपटक पनि राजनीतिक शक्तिकै आडमा प्रधानन्यायाधीश बन्न सफल भएको दावी गर्नु भएको हाे ।

प्रदेश सभा सदस्य खत्रीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान गरेको बाँके जिल्ला अहिले विभिन्न विषयमा अन्यायमा पर्न थालेको टिप्पणी गर्नुुभयाे ।

 

 

प्रकाशित मिति : २०८३ जेष्ठ ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्