खाेलाले बगाएको तीन दिन पछि मञ्जुकाे शव फेला




अटोसंगै खोलमा बगेकी १७ वर्षिय मञ्जु खड्काको शब तीन दिनपछि फेला परेको छ । खड्काको शब आज बिहान साढे ८ बजेतिर बबई नदिमा डुबेको अवस्थामा बबई गाउँपालिका-५ खयरभट्टीमा फेला परेको हो ।

मञ्जु शुक्रबार साँझ रा १ ह ४०५५ नम्बरको अटोमा तुलसीपुरबाट मामा घर तुलसीपुर-४ खाद्रेमा जाँदै गर्दा बेलुका साढे ८ बजेतिर तुलसीपुर-४ र ७ को सिमानामा पर्ने बेतने खोलामा बग्नुभएको थियो ।

मञ्जुसंगै उहाँको हजुरआमा ५५ वर्षिय सीता आलेलाई पनि खोलाले बगाएको हो । सीताको शब भने भोलिपल्ट तुलसीपुर-१५ मलवारमा ग्वारखोला किनारमा फेला परेको थियो ।

मन्जुको घर सुर्खेतको गुर्भाकोट नगरपालिका- १४ तेप्तेकाँडामा पर्छ । करिब एकसाता अघिमात्रै विज्ञान विषय अध्ययनका लागि तुलसीपुर आएकी मञ्जु तुलसीपुरमा रहेको गोर्खा माविमा कक्षा ११ मा भर्ना हुनुभएको थियो ।

प्रकाशित मिति : २०८१ साउन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस्