
नेपाल औषधि थोक व्यवसायी संघ जिल्ला शाखा दाङको लुम्बिनी प्रदेश समितीको गत माघ १० गते सम्पन्न दोस्रो अधिबेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष बिमल शर्मा सहित निर्बाचित कमिटिका पदाधिकारी तथा सदस्यहरुको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
संघका जिल्ला अध्यक्ष शेषकान्त ढकालको अध्यक्षता तथा लुम्बिनी प्रदेश अध्यक्ष तुफानबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संघका लुम्बिनी प्रदेश उपाध्यक्ष दिपेन्द्र न्यौपानेले नव निर्वाचित समितीका अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो ।
नवनिर्वाचित कार्यसमितीमा अध्यक्ष बिमल शर्मा, उपाध्यक्ष खुसल पोख्रेल, सचिव निर्मल वली, कोषाध्यक्ष हेमन्त भण्डारी र सदस्यहरुमा माधव पौडेल, भुपाल चन्द र हेमलाल पन्थी चयन हुनु भएको थियो ।
शपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि संघका लुम्बिनी प्रदेश अध्यक्ष तुफानबाबु श्रेष्ठले नव निर्वाचित समितीका पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको लागि शुभकामना दिदै संघलाई गतिशिल बनाउन सबै थोक व्यवसायी एकजुट हुनुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष शालिकराम आचार्य, कोषाध्यक्ष राम प्रसाद पोख्रेलले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष शेषकान्त ढकालले नव निर्वाचित अध्यक्ष बिमल शर्मालाई संस्थाको माईन्युट बुक हस्तान्तरण गर्नु भएको थियो ।
संघका लुम्बिनी प्रदेश सचिव बिक्रम कुवरको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण महासचिब मरिचमान धितालले गर्नु भएको थियो ।

