
प्रेस चौतारी नेपाल दङ्गिशरण गाउँपालिका कमिटिको दोस्रो अधिबेशन दङ्गिशरणमा सम्पन्न भएको छ ।
प्रेस चौतारी दङ्गिशरण गाउँपालिका कमिटिका संयोजक दिप्तिशिखा चाैधरीकाे अध्यक्षता तथा प्रेस चाैतारी नेपालीका सचिवालय सदस्य एवं लुम्बिनी प्रदेश इञ्चार्ज टीका बस्नेतकाे प्रमुख आतिथ्यता तथा नेकपा एमाले दाङ जिल्लाका प्रचार विभाग प्रमुख संगित बस्यालकाे विशिष्ट आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हाे ।
कार्यक्रममा प्रमुख अतिथि सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज टीका बस्नेतले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै भन्नुभयो – “पत्रकारिता जनताको आवाज हो, यसको सशक्तिकरण बिना लोकतान्त्रिक प्रणाली बलियो बन्न सक्दैन। प्रेस चौतारी जस्ता संगठनहरुले पत्रकारको हक, हित र सुरक्षाका लागि निरन्तर संघर्ष गर्न जरुरी छ।”
प्रचार विभाग प्रमुख संगित बस्यालले प्रेस र पार्टीबीचको सहकार्यलाई थप मजबुत बनाउनु पर्नेमा जोड दिँदै भन्नुभयो “पत्रकारहरुले सत्य, तथ्य र निष्पक्ष समाचारको माध्यमबाट समाज परिवर्तनमा योगदान पुर्याएका छन्। त्यही कारण पत्रकारप्रति हाम्रो सम्मान र समर्थन सधैं रहनेछ।”
“अब दङ्गिशरण लगाएत दाङका दस वटै पालिकामा पत्रकार उत्पादन गर्न जरुरी छ ।” – उहाँले भन्नुभयो ।
सो अबसरमा जिल्ला कमिटी सदस्य भागिराम चाैधरी, प्रेस चौतारी नेपाल दाङका अध्यक्ष सुधासुमन ढकाल , प्रेस चौतारी दाङका सल्लाहकार तथा निवर्तमान अध्यक्ष प्रेम राम्जा मगर, दङ्गिशरण वडा नं ५ का वडा अध्यक्ष निरज बस्नेत, नेकपा एमाले पार्टी सचिव खुसिराम चाैधरी, गाउँ कमिटि सदस्य लाेक बहादुर खड्का लगाएतले प्रेस चौतारीको भूमिकालाई अझ संस्थागत र प्रभावकारी बनाउन रणनीतिक योजना आवश्यक भएको बताएका थिए । अब नयाँ नेतृत्वले पुराना अनुभवलाई मार्गदर्शनका रूपमा प्रयोग गरी अझ उचाइमा पुर्याउनु पर्ने कुरामा जाेड दिएका थिए ।
यसैबिच अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।अंकित आचार्यकाे अध्यक्षतामा ११ सदस्यिय प्रेेस चाैतारी दङ्गिशरण कमिटी गठन गरेकाे हाे । जसकाे उपाध्यक्षमा रमेश विसि, सचिवमा भिम बहादुर वली रहनु भएको छ । यस्तै सदस्यहरुमा विजय कुसुम्या, असिम चाैधरी, प्रदिप बाेहाेरा, चिरञ्जीवी भुषाल, सजन चुनारा, राजु विक, नविन सुनार, हिमाल खड्का , अरुण चाैधरी, कमल खड्का , नरेस वली रहनु भएको छ ।
कार्यक्रमकाे शहजिकरण अंकित आचार्यले गर्नु भएको थियाे ।

