नारायणपुर स्वास्थ्य चौकीमा अषाढ २ गते निशुल्क सिकलसेल स्किृनिङ चेकजाँच शिबिर हुने



No description available.

पार्वती वस्नेत
दाङको नारायणपुर स्वास्थ्य चौकीमा आगामी आषाढ २ गतेका दिन निशुल्क रुपमा  संचालन हुन गईरहेकोे सिकलसेल स्किृनिङ चेकजाँच शिबिरलाई सफलतापुर्वक सम्पन्न गर्नका लागी आफुहरुले अहम् भुमिका निर्वाह गर्ने भन्दै महिला स्वास्थ्य स्वयमसेबिकाहरुले प्रतिबद्धता ब्यक्त गरेका छन् ।

ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना तथा अमेरिकन लाईफ ईन्सोरेन्स कम्पनी मेट लाईफ ईन्सोरेन्स पुलचोक ललितपुरको सहयोग र घोराही उपमहानगरपालिका वडा नम्बर १०को समन्वयमा आज घोराही १० नारायणपुरमा महिला स्वास्थ्य स्वयमसेबिकाहरुका लागी १दिने सिकलसेल सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै महिला स्वास्थ्य स्वयमसेबिका पार्वता डि.सी.ले त्यस क्षेत्रका सम्पुर्ण स्वयमसेबिकाहरुको तर्फबाट उक्त कुराको प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।

ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा वडा नम्बर १०का वार्ड अध्यक्ष दिपक पाण्डेको प्रमुख आतिथ्य र जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डम्बर कुवरको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पाण्डेले महिला स्वास्थ्य स्वयमसेबिकाहरु यो देशमा स्वास्थ्यका क्षेत्रमा देशको मेरुदण्ड भएको बताउदै टोलमा गठन भएका आमा समुहहरुले पनि आफनो जिम्मेवारी भुमिका निक्कै गम्भिरताका साथ निभाउदै आएको बताउदै आगामी २०८० साल आषाढ २गतेका दिन नारायणपुर स्वास्थ्य चौकीमा हुन थालेको निशुल्क सिकलसेल स्किृनिङ चेकजाँच शिबिरलाई सफल बनाउनका लागी पनि यहाँहरुको भुमिका निक्कै महत्वपुर्ण रहने भन्दै शिबिरलाई सफल बनाउनका लागी सबैमा अनुरोध गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आसमानी चौधरीले संस्थाले समुदाय केन्द्रित रहेर आत्मनिर्भर सशक्त समाजको सिर्जनका लागी गर्दै आएको काम अन्र्तगत नै स्वास्थ्यका क्षेत्रमा सिकलसेल शिबिरको आयोजना गर्न थालेको बताउनुभएको थियो भने आगामाी दिनहरुमा पनि वडा सँग समन्वय गरि अन्य कामहरु पनि गर्न सकिने भन्दै अहिले हुन थालेको निशुल्क सिकलसेल एनिमिय स्वास्थ्य चेकजाचको शिबिरलाई सफलतापुर्वक सम्पन्न गर्न सबैमा हािर्द अपिल गर्नुभएको थियो ।

शरिर दुख्ने, पक्षघात हुने, पटक पटक जन्डीस हुने, बिरामीहरुलाई आगामी आषाढ २गते बिहान ८ बजेदेखि नारायणपुर स्वास्थ्य चौकीमा संचालन हुने सिकलसेल स्किृनिङ शिबिरमा १५ देखि २५बर्ष उमेर समुहका र शंकास्पद ४०बर्ष मुनिका सबैलाई सहभागी भई स्वास्थय चेकजाँच गरी आफु ढुक्क हुन जिल्ला स्वास्थय कार्यालयका निमित्त प्रमुख तथा कार्यक्रमका बिशिष्ट अतिथि डम्बर कुवरले महिला स्वयमसेबिका तथा आमा समुहलाई अनुरोध गर्नुभएको थियो । कार्यक्रममा आमा समुहका निमा पोख्रेल, नारायणपुर स्वास्थ्य चौकीका स्वास्थ्य ईन्चार्ज डिल्लीराज आर्चाय लगायतले बोल्नुभएको थियो । संस्थाका एच.बि.थापाले संस्थागत प्रश्तुतिकरण गर्नुभएको थियो ।

संस्थाका कोषाध्यक्ष मिरा चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीरकण संस्थाका पार्वती बस्नेतले गर्नुभएको थियो ।

कार्यक्रमको प्रशिक्षकमा जिल्ला स्वास्थ्य कार्यालयका निमिक्त प्रमुख डम्बर कुवर तथा सिकलसेल फोकल पर्सन देबिलाल डाङी हुनुहुन्थ्यो कार्यक्रममा ५५जनाको सहभागीता रहेको थियो।

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्