लुम्बिनी प्रदेशमा थारु अगुवा तथा विज्ञसंग अन्तरक्रिया



लुम्बिनी प्रदेश सरकारले थारु समुदायको कला संस्कृतिसंग सम्बन्धित योजना कार्यान्यनका लागि थारु समुदायका अगुवा तथा विज्ञसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको समन्वय तथा पर्यटन डिभिजन कार्यालय कोहलपुरको आयोजनामा कार्यक्रम गरिएको हो ।

थारु समुदायसंग जोडिएका कार्यक्रमलाई थप प्रभावकारी बनाउन र योजनागत रुपमा कार्यक्रम कार्यान्वयन गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बताउनुभयाे।

चौधरीले प्रदेशवासीलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ भन्ने सोचका साथ सरकार लागेको बताउनुभयाे । उहाले नागरिले घरमै बसेर आफनो कला सस्कृति परम्परा बेचेर आर्थिक उपार्जन गर्न तर्फ लागनु पर्ने बताउनुभयाे ।

सहभागिहरुले थारु समुदायसंग जोडिएर आएका प्रदेश सरकारका कार्यक्रमहरु प्रभावकारी बनाइनु पर्ने र आबश्यकताको आधारमा काम हुनु पर्ने बताएका थिए । उनीहरुले थारु संस्कृति र कलालाई विक्रि गर्न नसकिएको भन्दै त्यसमा केन्द्रित कार्यक्रम हुन सकेमा थप प्रभावकारी हुने सुझाव दिएका थिए । उनिहरुले सस्कृतिको बजारीकरण हुन नसकेको भन्दै  स्थानीय उत्पादन, कला, सस्कृति, परम्पराको ब्रान्डिङ गर्न लाग्नु पर्ने बताएका थिय ।  चालु वर्षमा प्रदेशमा १० करोड बराबरको कार्यक्रमहरु सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्