
आजदेखि मौसम फेरि बदली हुने भएको छ । आज बेलुकीदेखि पर्सि शनिबारसम्म देशका धेरै ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना छ ।
आज विशेषगरी कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, कोशी र बागमतीका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपात हुन सक्छ ।
प्रिमनसुनका कारण दिउँसोपछि हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । भोलि र पर्सि पनि यस्तै मौसम रहनेछ ।
विशेषज्ञले पहाडी मार्गमा यात्रा नगर्न, निर्माण कार्य र उच्च हिमाली पदयात्रा केही समयका लागि रोक्न सुझाव दिएका छन् ।
प्रकाशित मिति : २०८२ चैत्र ५ गते बिहिवार

