तुलसीपुरसहित पश्चिम दाङमा आज विद्युत सेवा अवरुद्ध हुने



तुलसीपुरसहित पश्चिम दाङमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ । आज  शनिबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म तुलसीपुरसहित पश्चिम दाङमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ ।

हापुरेदेखि अस्वारा हुँदै तुलसीपुरसम्मको ३३ केभि लाइन अन्तर्गतका तुलसीपुर उपमहानगरपालिका सम्पूर्ण स्थान र दंगिशरण, बबई र शान्तिनगर गाउँपालिकाका केहि स्थानमा विद्यतु सेवा पूर्ण रुपमा विद्यतु अवरुद्ध हुने केन्द्रले जनाएको छ।

काम निर्धारित समय अगावै सकिएमा विद्युत निर्धारित समयभन्दा अगाडी सूचारु हुने जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २० गते शनिवार
प्रतिक्रिया दिनुहोस्